मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा जेठ ३१ सम्म निषेध आदेश : यी क्षेत्र रातिमा सञ्चालन गर्न पाइने

उपत्यकामा जेठ ३१ सम्म निषेध आदेश : यी क्षेत्र रातिमा सञ्चालन गर्न पाइने

यो अवधिमा यसअघिको जस्तै अधिकांश सेवा बन्द भए पनि केही खुकुलो पारिएको क्षेत्र रातिमा सञ्चालन गर्न पाइने भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा जेठ २१ गतेदेखि ३१ गतेसम्म निषेध आदेश थप भएको छ। यो अवधिमा यसअघिको जस्तै अधिकांश सेवा बन्द भए पनि केही खुकुलो पारिएको क्षेत्र रातिमा सञ्चालन गर्न पाइने भएको छ।

सवारी साधनको मर्मत गर्ने वर्कशपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ भने तरकारी, फलफूल, खाद्यान्न, दूग्धजन्य वस्तु तथा स्वास्थ्यसम्बन्धी सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ९ बजेसम्म गर्न पाइने छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी निषेध आदेशमा भनिएको छ, ‘तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर, बिहान ९ बजेसम्म खुला गर्ने। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने। स्थानीय ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र गर्ने।’

यस्तै सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यस्तै निर्माण सामग्री ढुवानीका लागि भने सवारी साधनहरु राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ।

पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको पास नभएकाले जिल्ला प्रशासनबाट लिएको पासका आधारमा आवातजावत गर्न पाइने आदेशमा उल्लेख छ।
जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिव आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

यीबाहेक अधिकांश क्षेत्र यथावत् रुपमा बन्द रहने छन् भने अत्यावश्यक भनेर तोकिएका क्षेत्रमा सामाजिक दूरी र स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी पराजुलीद्वारा जारी निषेध आदेशको विवरण

 

प्रकाशित: Jun 02, 2021| 10:30 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।