मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा थप १४५६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ६९ जना, भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६  जना कोरोना संक्रमित भेटिएको हो।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ६९ जना, भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६  जना कोरोना संक्रमित भेटिएको हो।

नेपालभरमा भने २४ घण्टामा ५ हजार ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ हजार ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी दिएको छ। 

बुधबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २१९ संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

विगत २४ घण्टायता १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Jun 02, 2021| 10:51 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।