मंगलबार, भदौ ९, २०८३

निर्वाचन आयोगद्वारा जसपाका दुवै पक्षको पत्र बदर

‘उहाँहरुले एक अर्कालाई कारबाही गरेको भन्ने निवेदन पेस गर्नु भएको थियो,’ उनले भने, ‘त्यही निवेदनका आधारमा वैधानिकता पुष्टि हुने ठहर नदेखिएकाले प्रक्रियागत रूपमा पुनः पेस गर्न भनिएको हो।’
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई निष्काशन गरिएको भन्दै पठाइएका पत्रलाई बदर गरिदिएको छ। दुवै अध्यक्षका पत्रले आधिकारिकता र वैधानिकता पुष्टि नहुने टिप्पणी गर्दै आयोगले दुवै पक्षलाई वैधानिक रूपमा कारबाही पुष्टि हुने विवरण पेस गर्नसमेत निर्देशन दिएको छ।

दुवै पक्षलाई औपचारिक पत्र पठाएर आधिकारिकता पुष्टि हुने कागजात पेस गर्न भनिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। ‘उहाँहरुले एक अर्कालाई कारबाही गरेको भन्ने निवेदन पेस गर्नु भएको थियो,’ उनले भने, ‘त्यही निवेदनका आधारमा वैधानिकता पुष्टि हुने ठहर नदेखिएकाले प्रक्रियागत रूपमा पुनः पेस गर्न भनिएको हो।’

प्रवक्ता श्रेष्ठका अनुसार दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिमको ढाँचामा मागदाबी पेस गर्न पत्राचार गरिएको हो। ‘निष्काशन गरिएको विवरण अनुसूची अनुसार नै पेस गर्न भनिएको छ,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित गरेको निर्णयको प्रतिलिपि पनि माग गरेका छौं।’

मंगलबार दुवै पक्षले एक अर्कालाई निष्काशन गरेका थिए। मंगलबार नै निर्वाचन आयोगमा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको भन्दै विवरण अद्यावधिक गरिदिन पत्र पठाएका थिए।

त्यसलगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई निष्काशन गरिएको भन्दै विवरण अद्यावधिक गर्न माग गर्दै आयोगमा पत्र पठाएका थिए। दुवै पक्षले पठाएका पत्र प्रक्रियागत रुपमा नआएको भन्दै आयोगले बदर गरिदिएको हो।

प्रकाशित: Jun 02, 2021| 11:07 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।