मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस महाधिवेशनका लागि पौडेल समूहले अघि सार्‍याे दुई विकल्प

कांग्रेस महाधिवेशनका लागि पौडेल समूहले अघि सार्‍याे दुई विकल्प

१४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशील सदस्यमध्येबाट महाधिवेशन गर्न सकिने वा १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै एक वर्षका लागि केन्द्रीय कार्य समितिको निर्वाचित गर्न सकिने विकल्पमा छलफल भएको हो।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको १४ महाधिवेशनका लागि दुई विकल्प अघि सारको छ।

समूहका नेताहरूको बुधबार बसेको भर्चुअल बैठकमा १४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशील सदस्यमध्येबाट महाधिवेशन गर्न सकिने वा १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै एक वर्षका लागि केन्द्रीय कार्य समितिको निर्वाचित गर्न सकिने विकल्पमा छलफल भएको हो।

कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘हालसम्म वितरित क्रियाशील सदस्यबाटै केन्द्रीय कार्यसमिति चयन गर्ने वा १३ औं महाधिवेशनकै प्रतिनिधिबाट केन्द्रीय कार्य समिति चयन गर्ने विकल्पमा छलफल भएको हो।’ उनले कोरोना महामारीका कारण ताेकिएकाे मितिमा महाधिवेशन गर्न सम्भव नभएमा यी विकल्पमा लाग्नुपर्ने बताए। 

कांग्रेसले १५ जेठमा सार्वजनिक गरेको विवरणअनुसार करिब ८ लाख क्रियाशील सदस्यता अनलाइन प्रणालीमा समावेश भइसकेको छ।  नेता केसीका अनुसार पहिलो विकल्पअनुसार महाधिवेशन गर्ने हो भने यिनै सदस्यबाट महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्छ।

नेता पौडेलले यसअघि पनि १३ औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै तत्कालका लागि केन्द्रीय समिति निर्वाचित गर्न सकिने प्रस्ताव  गर्दै आइरहेका छन्।  कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। तर कोराना महामारीका कारण तोकिएको समयमा महाधिवेशन गर्न  सम्भव नभएमा पौडेल पक्षले यस्तो विकल्प अघि सारेको हो। 

प्रकाशित: Jun 02, 2021| 12:25 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।