मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमित १० जनामा कालो ढुसीको संक्रमण

नेपालमा कोरोना संक्रमण भएका १० जनालाई ‘म्युकरमाइकोसिस’ अर्थात् कालो ढुसीको संक्रमण भएको पाइएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका १० जनालाई ‘म्युकरमाइकोसिस’ अर्थात् कालो ढुसीको संक्रमण भएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण भई उपचारमा रहेका र कोरोना निको भइसकेका मानिसमा क्युकरमाइकोसिस देखिएको हो।

मन्त्रालयको प्रेस बिफ्रीङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार उक्त समस्या देखिएका बिरामीहरुमा लगातार ज्वरो आउने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुनेलगायत लक्षण देखिएको छ। 

विशेषगरी ४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरैखाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु यसको जोखिममा रहेको उनले बताए। 

उनका अनुसार धेरै औषधिको प्रयोग गर्ने व्यक्तिले औषधिको प्रयोग गर्दा चिकित्सकको परामर्श आवश्यक रहेको उनले बताए।

यस्ता समस्याबाट बच्नका लागि सफा र सुख्खा मास्कको प्रयोग गर्ने, नियमित रुपमा सरसफाई गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, घर बाहिर वा फोहरमा काम गर्दा डिस्पोजेबल पन्जाको प्रयोग गर्ने, नुनिलो पानीले नाक सफा गर्नेलगायत गर्नुपर्ने उनले बताए।

प्रकाशित: Jun 02, 2021| 12:28 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।