मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटी घटना : लक्ष्मीको उपचार गर्न २ लाख दिने प्रदेश सरकारको घोषणा, महिला आयोगको चासो

डोटी घटना : लक्ष्मीको उपचार गर्न २ लाख दिने प्रदेश सरकारको घोषणा, महिला आयोगको चासो

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते आमाछोरीको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी हुन्। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौँ- डोटीको आदर्श गाउँपालिका–४ मा आफ्नै श्रीमानले मट्टीतेल खन्याएर आगो लगाउदा घाइते भएकी लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचार गर्न प्रदेश सरकारले २ लाख दिने घोषणा गरेको छ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते आमाछोरीको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी हुन्। 

सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाइसकेको छ। उनको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए।

घाइतेको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले  चासो दिएकी छन्। अध्यक्ष पराजुलीले भाट उपचारत कीर्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्। 

गत साता घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उहाँकी छोरीको हाल उपचार भइरहेको छ। उनलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो। 

आयोगका अध्यक्ष पराजुलीसँगको भेटमा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छन्। उनका पति सन्तोष भने हालसम्म फरार छन्। 

अध्यक्ष पराजुलीले डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुराकानी गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरेकी थिइन्। घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्ने उनको जोड छ। 

प्रकाशित: Jun 02, 2021| 12:13 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।