मंगलबार, भदौ ९, २०८३

विराटनगरमा स्वास्थ्यकर्मीमाथि प्रहरीको कुटपिट

ड्युटीमा रहेका प्रहरीले विराटनगरमा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

विराटनगर- ड्युटीमा रहेका प्रहरीले विराटनगरमा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्। कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर चोकमा कुटपिट भएको हो। 

राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर देवकोटा चोकनजिक अन्धाधुन्ध लाठी प्रहार गरेको बताए। उनको दुवै खुट्टा र पेटमा चोट लागेको छ। मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा आफूमाथि प्रहरीले अमर्यादित र अमानवीय ढंगले कुटपिट गरेको राजवंशीको गुनासो छ।

कोशी अस्पतालनजिक रहेको सुरक्षा अस्पतालमा उनको औषधि पसल पनि छ। स्वास्थ्यकर्मीले परिचयपत्र स्पष्ट देख्ने गरी भिरेर हिँडेको देख्दादेख्दै प्रहरीले कुटपिट गर्नु गलत भएको नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए। उनका अनुसार स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुई जना प्रहरीले कुटपिट गरेको घटना आएको छ। सहकर्मी कुटिएपछि विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन्। आज कोसी अस्पताल विराटनगर परिसरमा प्लाकार्डसहित कुटपिटको विरोधमा उत्रिएका उनीहरुले सुरक्षाको माग गरे। 

चिकित्सक संघ कोशीको अगुवाईमा आन्दोलनमा उत्रिएका चिकित्सकले दोषी प्रहरीमाथि कारबाहीको माग पनि गरेका छन्। उनीहरुले कोरोना महामारीका समयमा सुरक्षाको ग्यारेन्टी नभए काम गर्न नसकिने बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोरोना महामारीमा अग्रभागमा खटिएर संक्रमितको सेवा एवम् बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक असुरक्षित हुनु दुःखद भएको बताए। घटनाका सम्बन्धमा प्रशासन र प्रहरी कार्यालयको ध्यानाकर्षण गरिसकिएको उनले बताए।

स्वास्थ्यकर्मी कुटिएको घटनाको छानबिन सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। ‘निषेध आदेशको पालना गराउन प्रहरी खटिएका छन्।

स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा अनुसन्धान थालिएको छ,’ एसपी खड्काले भने, ‘स्वास्थ्यकर्मीकै सेवाका कारण कोरोनाका बिरामी निको हुँदैछन्। त्यही भएकाले उनीहरुको मनोबल उच्च बनाउन सुरक्षाकर्मीको पनि भूमिका त्यत्तिकै महत्वपूर्ण छ।’ उनले ड्युटीमा जाने स्वास्थ्यकर्मीले पनि सुरक्षा संवेदनशीलतालाई बुझ्न जरुरी रहेको बताए। 

प्रकाशित: Jun 02, 2021| 12:00 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।