मंगलबार, भदौ ९, २०८३

एमाले जोगाउन महासचिव पोखरेल र नेता भट्टराईबीच छलफल

नेकपा (एमाले)को एकता जोगाउन दोस्रो तहका नेताहरुले सक्रियता देखाइरहेका बेला आज बुधबार महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं– नेकपा (एमाले)को एकता जोगाउन दोस्रो तहका नेताहरुले सक्रियता देखाइरहेका बेला आज बुधबार महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ।

दुई नेताबीच दिउँसो उपप्रधानमन्त्री पोखरेलको कार्यालय सिंहदरबारमा छलफल भएको हो। उनीहरुबीच पार्टी एकतालाई जोगाउन हरदम लचिलो भएर अघि बढ्ने विषयमा छलफल भएको पोखरेल निकट एक नेताले जानकारी दिए। 

एमालेले आजै बोलाएको स्थायी कमिटीको बैठक पनि स्थगित गरिसकेको छ। नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटे पनि ठोस निष्कर्ष भने अहिलेसम्म निस्कन सकेको छैन।

प्रकाशित: Jun 02, 2021| 10:35 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।