मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा प्रिबजेट छलफलको समय घटाउन अध्यादेश

प्रदेश १ सरकारले प्रिबजेट (पूर्व बजेट) छलफलको समय घटाउन अध्यादेश ल्याएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

विराटनगर- प्रदेश १ सरकारले प्रिबजेट (पूर्व बजेट) छलफलको समय घटाउन अध्यादेश ल्याएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गरेको गरेका हुन्। 

प्रिबजेट छलफल हुदैन कि भनेर विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रदेश १ सरकारले छलफलको समय घटाउन अध्यादेश ल्याएको हो। 

ऐनमा बजेटमाथिको पूर्व छलफल १५ दिनअगावै हुनुपर्ने व्यवस्था छ। अध्यादेशमार्फत् ५ दिनअगावै प्रिबजेट छलफल बनाइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए। 

कोरोनाको महामारीका बेला लामो समय नियमित बैठक सञ्चालन गर्न कठिन हुने भएकाले समय छोट्याउन अध्यादेश ल्याउने निर्णय भएको उनले बताए। 

प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन चाँडो आह्वान गर्न माग गरेका छन्। मुख्यमन्त्री शेरधन राईले जेठ २५ वा २६ मा बैठक आह्वान हुने बताएका छन्।

No description available.

प्रकाशित: Jun 02, 2021| 12:47 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।