मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका जनवर्गीय संगठनको आह्वान : विखण्डनको गतिविधिविरुद्ध सशक्त ढंगले लागौं

एमालेका जनवर्गीय संगठनको आह्वान : विखण्डनको गतिविधिविरुद्ध सशक्त ढंगले लागौं

नेकपा एमालेका १६ वटा जनवर्गीय संगठनले पार्टीलाई कमजोर बनाएर विखण्डनको दलदलमा फसाउन चाहने गतिविधिहरुविरुद्ध सशक्त ढंगले लाग्न आह्वान गरेका छन्।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- नेकपा एमालेका १६ वटा जनवर्गीय संगठनले पार्टीलाई कमजोर बनाएर विखण्डनको दलदलमा फसाउन चाहने गतिविधिहरुविरुद्ध सशक्त ढंगले लाग्न आह्वान गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै जनवर्गीय संगठनहरुले पार्टीका विरुद्धमा अनेक वितण्डा मच्चाउन उद्धत पार्टीविरोधी तत्वहरुलाई पार्टीले अनुशासनको कारबाही गरेकोमा स्वागतसमेत गरेको छ। 

‘राष्ट्रपति जस्तो गरिमामय संस्थाको प्रमुखमाथि गरिएका अमर्यादित टिकाटिप्पणी तथा गतिविधिहरुलाई तत्काल रोक्न यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याई यथाशीघ्र कानूनतः कारबाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै यथाशीघ्र कारबाहीको माग गर्दछौँ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभा विघटन भएयता यस विषयलाई लिएर राज्यका अत्यन्त महत्वपूर्ण र शीर्ष स्थानमा रही सेवानिवृत्त भएका केही व्यक्तिहरुले समेत आफ्नो पदीय मर्यादा नाघी सडकबाटै न्याय दिउँला जस्तो गरी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाविसमेत गर्ने बदनियत राखी वक्तव्यबाजी गरेको भन्दै विज्ञप्तिमा यस्ता गतिविधि नदोहोर्‍याउन चेतवानी दिइएको छ।

‘प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्न भनी गएका केही कालोकोटधारीहरु अत्यन्तै उत्तेजित, अमर्यादित हुँदै इजलासको समेत अपमान गर्दै आर्फैले भनेअनुसारको न्यायाधीश हुनुपर्ने र निर्णय पनि आफूले चाहेअनुसारकै हुनुपर्ने माग गर्ने जस्तो दुनियामा कतै नभएको विचित्रको अवस्था देखिन थालेको छ,’ उनीहरुले भनेका छन्, ‘जुन कुराले सम्मानित अदालतको स्वच्छता, निष्पक्षता, न्यायिक निरुपणमा समेत बाधा पुग्ने देखिएकाले यस्तो हर्कत नगर्न र सम्मानित अदालतलाई आफ्नो कार्य संविधान, कानून र स्थापित संवैधानिक परम्पराअनुसार गर्न बाधा नपुर्‍याउन अपिल गर्दछौ।’

प्रकाशित: Jun 02, 2021| 10:59 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।