मंगलबार, भदौ ९, २०८३

एमाले स्थायी कमिटी बैठक स्थगित, बिहीबार ४ बजे बस्ने

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठक स्थगित भएको जानकारी दिए।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं– आज बस्ने तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठक स्थगित भएको जानकारी दिए।

उनले बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने तय भएको जानकारी तामाङले दिए। नेताहरुको व्यस्तता र पार्टी एकताका लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले आजको बैठक स्थगित गरिएको जानकारी दिइएको छ। 

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो। एमाले स्रोतका अनुसार  एकताका लागि दोस्रो तहका नेताहरुबीच आज पनि छलफल भइरहेको छ।

प्रकाशित: Jun 02, 2021| 09:44 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।