शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनको जन्मस्थल डडेलधुराको गन्यापधुरा–१ मटेला गाउँका स्थानीयले खुसियाली मनाएका छन्। मंगलबार दिउँसो देउवा प्रधानमन्त्री हुँदै गर्दा गन्यापधुरामा विजय जुलुस निस्केको थियो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।
देउवाको नेतृत्वमा नवगठित मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण र उपचारलाई विशेष प्रथामिकतामा राख्ने निर्णय गरेको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कोभिड नियन्त्रणमा खटिने सबै फ्रन्टलाइनरलाई एक साताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय गरेको छ।
यसअघि पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्रीले देउवाले कोभिड खोप आफ्नो सरकारको प्राथमिकता भएको बताएका थिए। 'सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो,' पदभार ग्रहणपछि उनले भनेका थिए।
शक्तिले राजनीतिमा प्रभाव पार्छ र राजनीतिले शक्ति आर्जन गर्छ। अब देउवा राज्य र पार्टी दुवैको सत्तामा छन्,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘महाधिवेशनमा आफ्नै गुटका नेता व्यवस्थापन गर्न र...
देउवासँगै नियुक्त भएका गृहमन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथै ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा पनि सिंहदरवार पुगेका छन्।
नेपालको इतिहासमा ओली सम्झनलायक नेता होइन, बिर्सनलायक ‘खलनायक’ रूपमा चित्रित भएका छन्। यस्ता बिर्सनलायक नेताबाट एमाले पार्टी जोगिन नसक्ने बुझाइ विश्लेषकहरुको छ।
संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए।