शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा सरकारलाई कांग्रेस वरिष्ठ नेता पौडेलको ६ बुँदे सुझाव

देउवा सरकारलाई कांग्रेस वरिष्ठ नेता पौडेलको ६ बुँदे सुझाव

आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टिले अबको सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ६ बुँदे सुझाव दिएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई बधाई र शुभकामना दिँदै पौडेलले यस्तो सुझाव दिएका हुन्।  

यस्ता छन् पौडेलका सुझाव– 

आमनागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ। 

आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टिले अबको सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ ।

भ्रष्टाचारलाई शून्यसहनशीलतामा लैजान पनि वर्तमान सरकार  सबल  बन्नुपर्छ। भ्रष्टाचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छायाबाट मुक्त गराउनुपर्छ। 

अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तिको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्छ।

सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आमनागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ। 

संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ।
 

प्रकाशित: Jul 14, 2021| 00:37 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।