शुक्रबार, भदौ ५, २०८३

सवारीको ठक्करबाट बेलबारीमा एकजनाको मृत्यु 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

विराटनगर- पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पनि पहिचान हुन सकिरहेको छैन। सवारी साधनको ठक्करबाट घाइते भएको अवस्थामा ती पुरुष मंगलबार साँझ ७:३० बजे फेला परेका थिए। 

उपचारका लागि नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताए। उनका अनुसार दुर्घटना गराउने सवारी साधनको खोजी थाल्दै मृतकको पहिचानको प्रयास भइरहेको छ।

प्रकाशित: Jul 14, 2021| 01:48 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।