काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पदभार ग्रहणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका छन्।
मंगलबार राती ९ बजे उनी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएर उनी पाँच मन्त्रीसहित सिंहदरवार पुगेका हुन्।
देउवासँगै नियुक्त भएका गृहमन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथै ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा पनि सिंहदरवार पुगेका छन्।
साँझ ६ बजे नै शपथग्रहणको तयारी गरिएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याएर शपथग्रहण गराउँदा केही समय ढिला भएको थियो।
प्रधानमन्त्रीका रूपमा देउवाको यो पाचौँ कार्यकाल हो।
पहिलो कार्यकाल
२०५२ भदौदेखि २०५३ फागुनसम्म
दोस्रो कार्यकाल
२०५८ साउनदेखि २०५९ असोजसम्म
तेस्रो कार्यकाल
२०६१ जेठदेखि २०६२ माघसम्म
चौथो कार्यकाल
२०७४ जेठदेखि २०७४ फागुनसम्म
पाँचौ कार्यकाल
२०७८ असार २९ देखि