शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारका प्रवक्ता तोकिएका कानुनमन्त्री कार्कीको यस्तो छ राजनीतिक पृष्ठभूमि

सरकारका प्रवक्ता तोकिएका कानुनमन्त्री कार्कीको यस्तो छ राजनीतिक पृष्ठभूमि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।

कांग्रेस केन्द्रीय सदस्य रहेका कार्की सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।  ०६३ सालमा जलस्रोत मन्त्री बनेका कार्की ०७४ सालमा अर्थमन्त्री बनेका थिए।  नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका कार्कीले राजनीतिक जीवनमा सधैं कृष्णप्रसाद भट्टराईलाई आदर्श माने। भट्टराईपछि उनले देउवालाई अनवरत साथ दिँदै आएका छन्। कार्कीले ०४७ सालमा भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर काम गरेका थिए।

कार्की तीनै नेता हुन्, जसले चौथो प्रयासमा चुनाव जितेका थिए। भोजपुरमा हारको ह्याट्रिक पछि सुनसरी झरेर उनले निर्वाचन जितेका हुन्। मन्त्री कार्की ०५६ को चुनावमा भोजपुर १ बाट पुनः चुनाव लडे। त्यसबेला पनि उनलाई भाग्यले साथ दिएन। एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन्। 

पहिलो संविधानसभामा पनि कार्की भोजपुर १ बाट चुनाव लडे। यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो। हारमा ह्याट्रिक गरेपछि कार्कीले ०७० को दोस्रो संविधानसभामा लड्ने हिम्मत गरेनन्। र, उनी समानुपातिकतर्फबाट सांसद बने। कार्की २०७४ सालमा सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भए। 

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन्। राजनीतिक रुपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजु बहिनीका रुपमा हार्दिकतापूर्ण सम्बन्ध छ।

भोजपुरको सविकको देउराली गाविस–४ मा जन्मेका कार्की ०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। उनी ४ वर्ष जेल बसेका छन्।  कार्कीको पारिवारिक नाता राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्म जोडिएको छ। कांग्रेस नेता कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका दाजु हुन्।

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन्। राजनीतिक रुपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजु बहिनीका रुपमा हार्दिकतापूर्ण सम्बन्ध छ।

प्रधानमन्त्री देउवा र कानुनमन्त्री कार्की दुबैजना राणा परिवारका ज्वाइँ हुन्। कार्कीपत्नी आबु राणाका लागि उनका माइतीले बर्दियामा प्रशस्त जमिन दाइजो दिएका थिए। बर्दियामै देउवाको ससुरालीको पनि प्रशस्त जग्गाजमिन छ। देउवाका ससुराली र कार्कीका ससुराली निकट सम्बन्धमा परिवार हुन्। प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणा जापानको राजदूत छिन्। 

प्रकाशित: Jul 13, 2021| 16:43 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।