शुक्रबार, वैशाख २८, २०८१

एमालेलाई ओलीबाटै खतरा

नेपालको इतिहासमा ओली सम्झनलायक नेता होइन, बिर्सनलायक ‘खलनायक’ रूपमा चित्रित भएका छन्। यस्ता बिर्सनलायक नेताबाट एमाले पार्टी जोगिन नसक्ने बुझाइ विश्लेषकहरुको छ।
 |  मंगलबार, असार २९, २०७८

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, असार २९, २०७८

काठमाडौं– पटकपटक संविधान मिचेपछि केपी ओली आलोचित मात्र भएनन्, नेपाली राजनीतिमा खतरनाक पात्रका रुपमा चिनिए। सर्वोच्चको आदेशपछि प्रधानमन्त्री पदबाट च्यूत भए पनि उनी एमाले अध्यक्ष हुन्। उनको मिचाहा प्रवृत्ति दलमा पनि देखिँदै आएको हो र अब झन् देखिनेछ। त्यसैले एमाले पार्टीलाई उनीबाटै खतरा छ। दललाई विधि र पद्धतिअनुसार अघि बढाउने हो भने एमालेले ओलीको विकल्प खोज्न ढिलाइ गर्नु हुँदैन। 

triton college

सर्वोच्च अदालतले ओलीबाट संविधानमाथि जालसाजी भएको ठहर गरेर नै ओलीलाई बर्खास्त गरेको हो। त्यसैले त उनको राजनीतिक बहिर्गमन पनि अपमानजनक बन्न पुग्यो। नेपालको इतिहासमा ओली सम्झनलायक नेता होइन, बिर्सनलायक ‘खलनायक’ रूपमा चित्रित भएका छन्। यस्ता बिर्सनलायक नेताबाट एमाले पार्टी जोगिन नसक्ने बुझाइ विश्लेषकहरुको छ। राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘एमालेलाई बचाउने ओलीबाटै हो। ओलीबाटै खतरा छ। उनीबाट बचाउन सके एमाले बाँच्छ नत्र बाँच्दैन।’ 

संसदीय कम्युनिस्टको भविष्यलाई ओलीबाट गम्भीर क्षति भएको मूल्यांकन छ प्राध्यापक पोखरेलको। वाम राजनीतिमा झुकाव राख्ने पोखरेल भन्छन्, ‘अब हामी नै ओली र एमालेविरुद्ध बोल्नुपर्ने अवस्था आएको छ।’

सत्ताबाट बाहिरिए पनि उनको दम्भ, गलत दृष्टि र कार्यशैली भने नहट्ने बताउँछन् पोखरेल। हुन त नेपालमा कम्युनिस्टका विभिन्न हाँगाबिँगा छन्। तर संसदीय कम्युनिस्टको भविष्यलाई ओलीबाट गम्भीर क्षति भएको मूल्यांकन छ प्राध्यापक पोखरेलको। वाम राजनीतिमा झुकाव राख्ने पोखरेल भन्छन्, ‘अब हामी नै ओली र एमालेविरुद्ध बोल्नुपर्ने अवस्था आएको छ।’

एकताप्रति छैन भरोसा

corrent noodles
Metro Mart

पार्टी एकताका लागि ओलीले गर्दै आएको गतिविधि पनि त्यति विश्वसनीय छैन। अदालतको फैसलालाई प्रभावित पार्न मात्र वार्ताको नाटक रचेको बुझाइ पोखरेलको छ। त्यसैले त एमाले कार्यदलमा सहमति भएको भनिए पनि तत्काल विवाद समाधान हुने संकेत देखिएको छैन। ओली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हस्ताक्षर गर्ने २३ जनालाई जसरी पनि हस्ताक्षर फिर्ता गराउन चाहन्थे। पोखरेल भन्छन्, ‘ओलीको उद्देश्य नै २३ जनाको हस्ताक्षर त्यहाँबाट झिक्न पाइयोस् भन्ने थियो। उनी जसरी हुन्छ अदालतको फैसलालाई प्रभावित पार्न चाहन्थे।’

सहमति जुटाउन भाषा नमिलेको भनेर कार्यदलका धेरै सदस्यले बताएका थिए। तर यो त दलभित्रकै विवाद थियो। दुई मुलुकको कूटनीतिक संवाद थिएन। पोखरेल भन्छन्, ‘कहाँनेर के शब्द राख्यो भने राष्ट्रको इज्जत रहन्छ, के शब्द राखेन भने राष्ट्रको इज्जत जान्छ भनेर शब्दमा विवाद गरेर पनि कुनै पार्टीको एकता कायम हुन्छ?’ सहमतिमा के लेख्दा कुन नेताको चित्त बुझ्छ र कुन नेताको चित्त दुख्छ भन्ने विषयलाई मात्र महत्त्व दिइएको थियो। यसले नै देखाउँछ– एमाले भन्ने दल कति नाजुक अवस्थाबाट गुज्रिरहेको छ भनेर।

ओलीको व्यवहार देख्दा उनी वरिष्ठ नेता माधवकुमार नेपाललाई सहँदैनन्। उनले भन्दै आएका छन्, ‘माधव नेपाल पुष्पकमल दाहालका मामुली कार्यकर्ता हुन्।’ नेकपाको अस्तित्व कायमै रहँदा ओलीको कार्यशैलीप्रति नेपाल र दाहाल निकै रुष्ट थिए। धेरैलाई लागेको थियो– सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याएपछि ओलीले नेपालका कुरा सुन्लान्, उनको साथ र सहयोग लेलान्। तर ओलीबाट त्यस्तो कुनै कदम चालिएन पार्टीलाई एकजुट बनाउन।  पोखरेल भन्छन्, ‘त्यसपछि पनि ओलीले नेपाललाई सामेल गराएर निर्णय गर्न सक्थे। तर कहिल्यै पनि नेपालको कुरा सुन्न चाहेनन्। ओलीले नेपाललाई पूर्ण बेवास्ता गरेर हिँड्या हुन्।’ ओलीले लामो समयदेखिका सहकर्मीलाई जानाजान अपमानको विष पिलाएको बुझाइ पोखरेलको छ। 

ओलीकै कार्यशैली र प्रवृत्तिका कारण नेकपा विघटन भयो। कार्यकर्तालाई एमाले पनि त्यस्तै अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ। एमालेभित्रको विवाद अझै मिलिसकेको छैन। यद्यपि कार्यदलले एमाले विवाद समाधानका लागि दस बुँदे सहमति गरेको छ। यसको अक्षरशः पालना भएर अघि बढे एमालेले पुनर्जीवन पाउन सक्ने देखिन्छ। तर, प्राप्त जनमतको सदुपयोग गर्न नसकेर २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका ओली सर्वोच्चको परमादेशसँग बालुवाटारबाट बाहिरिएपछि एमाले एकताबद्व बनाएर लैजालान् वा थप जटिलता थपिएला त्यो हेर्न बाँकी छ।

तर सिंहदरबारबाट बिदाइ हुँदै गर्दा ओलीले गरेको सम्बोधनमा माधव नेपाल समूहप्रति गरेको टिप्पणीले पनि उनमा अझै प्रतिशोध कम नभएको बुझिन्छ। ओलीले यस्तो प्रतिशोध कायम राखे भने पार्टी एकतामा थप जटिलता थपिन सक्छ। 

वरिष्ठ नेता माधवकुमार नेपालले पटक पटक आफू निकट नेताहरूसँग भन्दै आएको विषय पनि के हो भने उनी ओलीप्रति विश्वस्त देखिएका छैनन्।  ‘पटकपटक जालसाजी, धोका र गलत प्रवृत्ति कहिले सुधार हुन सकेन। त्यो क्रम निरन्तर रह्यो,’ केही दिनअघि आफू निकट नेताहरुसँगको छलफलमा नेपालले भनेका थिए। उनी अहिले कार्यदलले सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने मनशायमा पुगेका छन्। यस्तै गठबन्धनबाट अलग भएको घोषणा गर्नुले पनि नेपालले पार्टी एकताप्रति देखाएको लचकताका रूपमा बुझ्न सकिने कतिपयको बुझाइ छ। 

तर सिंहदरबारबाट बिदाइ हुँदै गर्दा ओलीले गरेको सम्बोधनमा माधव नेपाल समूहप्रति गरेको टिप्पणीले पनि उनमा अझै प्रतिशोध कम नभएको बुझिन्छ। ओलीले यस्तो प्रतिशोध कायम राखे भने पार्टी एकतामा थप जटिलता थपिन सक्छ। 

कठिन अवस्थामा परेपछि मात्र वार्ता

ओलीले आफू कठिन अवस्थामा मात्र दलभित्र र बाहिर वार्ताको नाटक गर्दै आएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला गरेदेखि नै ओली अल्पमतमा परिसकेका थिए। 

वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि उनले पार्टीका १२१ सांसदलाई एकै ठाउँमा उभ्याउने प्रयास गरे। तर, त्यो सफल हुन सकेन। जब उनले विश्वासको मत गुमाए त्यसपछि वैशाख ३० गते असन्तुष्ट पक्षका नेता नेपालसँग वार्ता गर्न तयार भए।  उनले माधव नेपाल समूहका सांसदले राजीनामा दिने तयारी गरेकै बेला रोक्न सफल भएर देउवालाई प्रधानमन्त्री हुनबाट रोके र आफैं पुनः संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री भए।

तर, जेठ ६ गते राष्ट्रियसभा निर्वाचनमा उम्मेदबार बनाइएका रामबहादुर थापा ‘बादल’ लाई जिताउन उनले चालेको रणनीति सफल हुन सकेन। जेठ ८ मा उनकै सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरिन्। त्यसयता उनले सर्वोच्च अदालतले फैसला गर्नुअगावै एमालेलाई एक ठाउँमा रहेको सन्देश दिन अनेक प्रयत्न गरे। दुर्भाग्य एमालेमा कार्यदलले सहमति जुटाए पनि सोमबार सर्वोच्च अदालतको फैसलाले भने ओली बहिर्गमन हुनुपर्‍याे।

पोखरेल  भन्छन्, ‘छलछाम र एउटालाई अर्कोसँग भिडाएर केही समयसम्म सफल हुन सकिएला। सधैं त सकिँदैन। ओलीले त्यसैलाई सबैभन्दा ठूलो हतियार बनाए।’ 

ओलीले मौका पर्दा नेता नेपाललाई मात्र होइन, वामदेव गौतम र झलनाथ खनाललाई पनि फकाउँदै आएको इतिहास छ। ओली वामदेव गौतमलाई फकाएर संसदीय दलको नेता चयन भएका हुन्। यस्तै उनले पार्टीको महाधिवेशनमा झलनाथ खनाललाई फकाए। अनि माओवादीसँग एकीकरण गर्दा माधव नेपाललाई वरिष्ठ नेता बनाएर अघि सारे। तर पार्टी विधानअनुसार वरिष्ठ नेता अघिल्ला अध्यक्ष झलनाथ खनाल हुन्। खनालसँग केही फाइदा नहुने भएपछि विधान मिचेरै नेपाललाई पदसोपानमा माथि ल्याएका थिए।

दोस्रो तहका नेता जाग्नुपर्छ

ओली प्रवृत्तिबाट पार्टीलाई कसरी जोगाउने त? पोखरेल भन्छन्, ‘एमालेका दोस्रो पुस्ताका नेताहरूका लागि स्वर्णिम अवसर हो आफ्नो औचित्य प्रमाणित गर्ने। उहाँहरूले भन्न सक्नुपरो नि– अब हामी अघि सर्छौं, तपाईंहरू सल्लाहकार बस्नुस्।’ दोस्रो तहका नेताका लागि अहिलेको भन्दा उचित अवसर नआउने पोखरेल बताउँछन्। 

राजनीतिशास्त्रका अर्का प्राध्यापक एवम् वरिष्ठ मानव अधिकारकर्मी  कपिल श्रेष्ठ पनि ओलीलाई नेतृत्वबाट नहटाउने हो भने एमालेको अवस्था राप्रपाको जस्तो बन्ने टिप्पणी गर्छन्। उनी भन्छन्, ‘अहिलेकै अवस्थामा एमाले टिक्दैन र रहँदैन। सत्तामा जाँदा सुरुमा ओलीबाट धेरै आशा थियो। धेरै अपेक्षा गरिएकै हो।’ तर उनका गलत प्रवृत्तिले नेपाली जनतामा राजनीतिप्रति नै निराशा उत्पन्न भएको श्रेष्ठ बताउँछन्। 

ओलीका समर्थकमा मण्डले प्रवृत्ति छ। उनका नजिक भनिएका नेताहरू महेश बस्नेत र गोकुल बाँस्कोटामा हिजोको पञ्चर्यालीको भूत चढेको श्रेष्ठको बुझाइ छ। उनी भन्छन्, ‘यिनीहरुमा प्रजातान्त्रिक चरित्र पनि छैन र कम्युनिस्ट त हुँदै होइनन्। सत्ताको नजिक रहेर फाइदा उठाएकाहरु हुन्।’

एमालेले बुद्धि पुर्‍याएन भने भविष्य त्यति राम्रो नरहेको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘नेपाल पक्ष अगाडि आयो भने एमाले २०४६ जस्तो बन्न सक्छ। ओलीको हातमा एमाले रहिरह्यो भने अहिलेको राप्रपाको हालतमा पुग्छ एमाले।’ राप्रपामा दिग्गज नेता नभएका होइनन् तर उनीहरुले मुलुकका लागि कुनै ‘माखो मार्न’ सकेका छैनन्। ओली र उनी निकटका नेताको अवस्था पनि त्यस्तै हुने आँकलन छ श्रेष्ठको।

ओलीले केही समय नालायकीपन ढाकछोप गर्न सफल भए। तर यसरी ढाकछोप गर्न एक दिन–दुई दिन त सकिन्छ। प्राध्यापक श्रेष्ठ भन्छन्, ‘ओलीले नालायकीपन ढाकछोपकका लागि अधिनायकवादी र निरंकुश शैली अपनाए। अनि त्यसलाई विद्या भण्डारीले आँखा चिम्लेर साथ दिइन्। अनि ओलीको पार्टी हिजोको पञ्चायत जस्तै भइदियो।’

‘ओली यस कारण खलनायक र हुस्सु’

सन् १९६६ देखि १९७७ सम्म प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले आधुनिक भारत निर्माणमा ठूलो योगदान दिएकी छन्। तर  आफ्नो कार्यकालमा गरेका केही गलत कार्यका कारण भारतीयहरु उनलाई त्यति सम्झन चाहँदैनन्। संकटकाल लगाएर आफ्ना विपक्षीलाई थुनामा राख्ने र संविधानको चीरहरण गर्ने प्रधानमन्त्री भनेर चिन्छन् भारतीयहरु उनलाई। ओलीको अवस्था पनि त्यस्तै रहेको बुझाइ छ प्राध्यापक श्रेष्ठको। उनी भन्छन्, ‘भविष्यमा नेपालीले ओलीको कार्यकाललाई त्यति सम्झनै छैनन्। सम्झनेहरुले पनि भारतीयहरुले इन्दिरा गान्धीले जसरी नै सम्झनेछन्।’ आउने नेतृत्व जिम्मेवार नहुने हो भने सत्तामा बसेर ओलीले छाडेका गलत प्रवृत्तिको छाया भने चीरकालसम्म रहने निश्चित रहेको श्रेष्ठ बताउँछन्।

हुन त कतिपयले ओलीलाई चतुर राजनीति खेलाडी भनेर पनि चिनाउन खोजेका छन्। तर व्यवहारमा उनी हुस्सु खेलाडीका रुपमा देखिएको टिप्पणी छ प्राध्यापक पोखरेलको। ओली दुई तिहाइ नजिकको बहुमत पाएर सरकार बनाएका नेता हुन्। उनीमाथि संविधान कार्यान्वयन, मुलुकको भाग्य र भविष्य, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त अवसर परिवर्तनको लाभांशको आस नेपाली जनताले गरेका थिए। पोखरेल भन्छन्, ‘त्यसविपरीत ओलीले एकल तिकडम र छलछामबाट अघि बढ्ने बाटो चयन गरे। जसले गर्दा उनले एउटा स्वर्णिम अवसरलाई सदुपयोग गर्न सकेनन्। त्यसैले उनी हुस्सु नेता हुन्।’ 

प्रकाशित: Jul 13, 2021| 14:42 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।