आइतबार, वैशाख ७, २०८२

१२ बजेसम्म शिक्षक आन्दोलन, त्यसपछि राप्रपाको

 |  शनिबार, वैशाख ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

vianetvianet

काठमाडौं- भोलि आइतबार सरकारी शिक्षकहरु र राप्रपाले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दैछन्। शिक्षक आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ भने राप्रपाले भोलि एक दिन प्रदर्शन गर्न लागेको हो।

triton college

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षक आन्दोलन जारी छ। प्रदर्शन आइतबार पनि हुने भएको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक १८ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन्।

आइतबार पनि त्यसलाई निरन्तरता दिइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। '२०८२ वैशाख ७ गते शिक्षक महासंघको जुलुस तथा विरोधसभा कार्यक्रम बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म हुने कुरा जानकारी गराउँछौँ,' उनले शनिबार फेसबुकमा लेखेका छन्।

शिक्षकले यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए। उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने गरेका छन्। आइतबार भने बिहान ९ देखि मध्याह्न १२ बजेसम्म प्रदर्शन गरिने सुवेदीले जनाएका छन्।

१२ बजेपछि राप्रपाको प्रदर्शन
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता–कार्याकर्ताले पनि आइतबार प्रदर्शन गर्ने भएका छन्। अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गरिने नेता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

National life insurance

'भोलि वैशाख ७ गते अपराह्न १२ बजे हामी बिजुलीबजार पुलमा भेट्नेछौं। अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हामी शान्तिपूर्ण प्रदर्शन गर्नेछौं,' उनले भनेका छन्।

गत बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ माग राखेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेर आफ्ना नेताहरूको रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो।

प्रकाशित: Apr 19, 2025| 20:09 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्