बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेनी-मालढुंगा-कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र

बेनी-मालढुंगा-कोरला सडकमा पहिरो हटाउने र संरचना निर्माण गर्ने काम तीव्र

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

म्याग्दी- बेनी-मालढुंगा–कोरला सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो हटाउने, सडक कटानको पछाडिको भाग व्यवस्थापन गर्ने तथा टेवा पर्खाल निर्माण गर्ने काम तीव्र पारिएको छ।

घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालन भइरहेको सडक विभागले जानकारी दिएको छ। मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको विभागले जनएको छ।

त्यस्तै, तातोपानी क्षेत्रमा सडक कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माणको काम भइरहेको र उक्त क्षेत्रमा आज बेलुकासम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, पोखरेबजार पुलको पहुँचमार्ग निर्माणको काम भइरहेको छ भने उक्त काम भोलि बेलुकासम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

अर्कोतर्फ, राघुघाट जलविद्युत् आयोजनास्थित सडकमा पनि कटानको पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण भइरहेको छ। सो स्थानमा भोलि बेलुकासम्म यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ।

यसैगरी, मालढुंगा–बेनी सडकखण्डको केराबारीमा पहिरो गएको स्थानमा पनि पछाडिको भाग व्यवस्थापन तथा टेवा पर्खाल निर्माण गरी यातायात सञ्चालन गर्ने काम भइरहेको छ। सडकका विभिन्न स्थानमा एकैसाथ काम अघि बढाइएकाले अवरुद्ध तथा जोखिमयुक्त सडकखण्डलाई क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित: Sep 30, 2026| 11:38 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्