बुधबार, असोज १४, २०८३

अविरल वर्षाले देशभरका दर्जनौं सडकखण्ड अवरुद्ध

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं- देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ।

ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ। त्यस्तै, बागमती गाउँपालिका–३ ताकुर्चेस्थित कान्तिलोकपथमा असोज १२ गते दिउँसो गएको पहिरोका कारण सडक अझै पूर्णरूपमा अवरुद्ध छ।

मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन्। भदौ १० गतेदेखि नै अवरुद्ध भएका ती सडकहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द रहने जनाइएको छ।  

बाढीका कारण बेसीसहर हुँदै खाङसार जाने सडक खण्ड पूर्ण रूपमा बन्द अवस्थामा छ।  

जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोरमा असोज ९ गते साँझ खसेको पहिरो पन्छाएपछि हाल यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ।  

म्याग्दीका दुई प्रमुख सडक खण्ड पहिरोका कारण पूर्णरूपमा ठप्प छन्। रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेवगरस्थित बेनी–जोमसोम सडक खण्ड र बेनी नगरपालिका–०४ घुमाउने भीरस्थित बेनी–दरबाङ सडक खण्डमा असोज १० गते खसेको पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध बनाएको छ।  

थासाङ गाउँपालिका–०४ स्थित जोमसोम–कोरला सडक खण्ड पनि असोज १० गतेको पहिरोका कारण पूर्णरूपमा बन्द रहेको छ।

प्रकाशित: Sep 30, 2026| 09:53 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्