सुर्खेत- जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्।
जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको हो।
पक्राउ परेकी शर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काले जानकारी दिए।