बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: Sep 30, 2026| 06:56 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्