काभ्रे- पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि आंशिक रूपमा खुलेको छ।
चौकीडाँडामा खोलाबाट तत्काल डाइभर्सन बनाउन सम्भव नभएपछि निर्माणाधीन स्थायी ट्र्याकको केही भाग खनेर यातायात सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार अहिले उक्त मार्गमा साना निजी तथा यात्रुवाहक गाडी चल्न थालेका छन् भने भोलिदेखि बस र ट्रकसमेत आवतजावत गर्न सक्ने गरी काम भइरहेको जनाइएको छ।