सोमबार, जेठ ११, २०८३

आफ्नै गृहजिल्लामा शौचालयभित्र थुनिए योगेश भट्टराई

 |  शनिबार, वैशाख ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ।

National life

कञ्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।

उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सकेर फर्किन लाग्दा भट्टराईविरूद्ध  नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए।

पर्यटनमन्त्री पाण्डे हेलिकप्टर नजिक गइसकेका थिए। भट्टराईचाहिँ नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए। उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केबलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।

लगत्तै प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालयभित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।

Shivam cement

केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्‍याएर काठमाडौं पठाएको थियो।  

पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केबलकार बन्नुपर्ने विषयमा वकालत गर्दै आएका छन्। पाथीभरमा केबलकार बन्न नहुने आन्दोलन गर्दै आएको समूहले उनलाई कोशी प्रदेशमा निषेध गर्ने घोषणा गरेको थियो।

प्रकाशित: Apr 19, 2025| 14:50 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्