शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीका प्रेस सल्लाहकारले माधव नेपालसहित २३ नेतालाई गद्दार भनेपछि...

ओलीका प्रेस सल्लाहकारले माधव नेपालसहित २३ नेतालाई गद्दार भनेपछि...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढलेको आरोप लगाएका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढलेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत २३ नेताको नामा सार्वजनिक गर्दै थापाले उक्त आरोप लगाएका हुन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ नेतामाथि थापाले गद्दारी गरेको आरोप लगाएका हुन्। उनले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।

'नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने  र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला! जनादेश विपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति हलो ताछी मुङ्ग्रो बनाएजस्तै हो', थापाले ट्विटरमा लेखेका छन्।

त्यसको तल उनले यीनै २३ को गद्दारीको परिणाम त हो! भन्दै माधव पक्षका सबै नेताको नामसमेत लेखेका छन्।

प्रकाशित: Jul 14, 2021| 02:02 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।