शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले सच्याइन् प्रधानमन्त्रीको नियुक्ति, देउवाले लिए शपथ

राष्ट्रपतिले सच्याइन् प्रधानमन्त्रीको नियुक्ति, देउवाले लिए शपथ

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेपछि राष्ट्रपतिले नियुक्ति सच्याएकी छन्।

देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन्। यसपछि देउवाले शपथ लिएका छन्। 

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा धारा उल्लेख गर्न दबाब दिएका थिए। 

राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको थियो।

प्रधानमन्त्रीका रूपमा देउवाको यो पाचौँ पटक हो। 

पहिलो कार्यकाल
२०५२ भदौदेखि २०५३ फागुनसम्म

दोस्रो कार्यकाल
२०५८ साउनदेखि २०५९ असोजसम्म

तेस्रो कार्यकाल
२०६१ जेठदेखि २०६२ माघसम्म

चौथो कार्यकाल
२०७४ जेठदेखि २०७४ फागुनसम्म

पाँचौ कार्यकाल
२०७८ असार २९ देखि

 

प्रकाशित: Jul 13, 2021| 14:37 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।