काठमाडौं– सरकारले आगामी चैत मसान्तभित्र कोरोना खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको छ। शेरबहादुर देउवा नेतृत्वमा नवगठित मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रकाशित: Jul 13, 2021| 16:15 मंगलबार, असार २९, २०७८