शुक्रबार, भदौ ५, २०८३

देउवाको शपथग्रहण कार्यक्रममा गएनन् ओली

निवर्तमान प्रधानमन्त्री ओली शपथग्रहणमा सहभागी नभएनि संवैधानिक अंगका प्रमुखहरू भने देउवाको शपथग्रहण कार्यक्रममा लागि पुगेका छन्। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्। नयाँ प्रधानमन्त्रीको शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री जाने प्रचलन भएपनि ओलीले त्यसलाई तोडेका हुन्। 

अहिलेसम्म ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। ओलीका एक जना सल्लाहकारले जनादेशबाट नभई परमादेशबाट आएका प्रधानमन्त्रीको शपथग्रहणमा ओली सहभागी हुन आवश्यक नभएको तर्क गरे। 

निवर्तमान प्रधानमन्त्री ओली शपथग्रहणमा सहभागी नभए पनि संवैधानिक अंगका प्रमुखहरू भने देउवाको शपथग्रहण कार्यक्रममा लागि पुगेका छन्। 

साँझ ६ बजे नै सुरु हुने भनिएको देउवाको सपथग्रहण सुरु हुन अझै केही समय लाग्ने भएको छ। यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवासहितका नेताहरूसँग छलफल गरेको देउवानिकट स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Jul 13, 2021| 14:19 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।