शुक्रबार, भदौ ५, २०८३

नवजात शिशु हत्या आरोपमा आमा-बुवासहित चारजना पक्राउ 

मोरङको रंगेली-५ आपगाछीमा नवजात शिशु हत्या घटनामा संलग्न एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

विराटनगर- मोरङको रंगेली-५ आपगाछीमा नवजात शिशु हत्या घटनामा संलग्न एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नवजात शिशु हत्या आरोपमा मृतकका बुवा २८ वर्षीय अरुण मण्डल, उनकी श्रीमती २५ वर्षीया खुश्वु मण्डल, हजुर आमा ४८ वर्षीय उर्मीला मण्डल, ५० वर्षीय हजुर बुवा नागेश्वर मण्डललाई सोमबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

असार २७ गते साँझ साढे ८ बजेतिर २५ वर्षीया खुश्वु मण्डलले छोरी जन्माएकी थिइन्। उनले शिशुलाई जन्माए लगत्तै ब्लाङ्केटले थिचेर हत्या गरी रंगेली-५ चाँदनी चोकमा आमा-बुवाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र गाड्न खोजेको पाइएको प्रहरीले जनाएको छ। 

शिशु हत्या घटनाका आरोपितविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

प्रकाशित: Jul 14, 2021| 01:11 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।