शुक्रबार, भदौ ५, २०८३

देउवाको जन्मथलोमा विजय जुलुस

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनको जन्मस्थल डडेलधुराको गन्यापधुरा–१ मटेला गाउँका स्थानीयले खुसियाली मनाएका छन्। मंगलबार दिउँसो देउवा प्रधानमन्त्री हुँदै गर्दा गन्यापधुरामा विजय जुलुस निस्केको थियो। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनको जन्मस्थल डडेलधुराको गन्यापधुरा–१ मटेला गाउँका स्थानीयले खुसियाली मनाएका छन्। मंगलबार दिउँसो देउवा प्रधानमन्त्री हुँदै गर्दा गन्यापधुरामा विजय जुलुस निस्केको थियो। 

गन्यापधुराको दुर्गम गाउँमा जन्मिएर पाँच पटक देशको प्रधानमन्त्री भइसकेको भन्दै उनका आफन्त र छिमेकी खुसी भएका छन्। गाउँमा विकासका साथै रोजगारीको व्यवस्था गरिदिन उनीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।

२००३ सालमा रुवाखोलाको मटेला गाउँमा जन्मिएका देउवा डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर ६ पटक सांसद भइसकेका छन्। देउवा प्रधानमन्त्री भएको खुसीमा नेपाली कांग्रेस डडेल्धुराले पनि जुलुस निकालेको थियो। 
 

प्रकाशित: Jul 13, 2021| 16:56 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।