शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको डेल्टा भेरिएन्ट १०४ देशमा फैलिएको डब्ल्यूएचओको दाबी

कोरोनाको डेल्टा भेरिएन्ट १०४ देशमा फैलिएको डब्ल्यूएचओको दाबी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको नयाँ स्वरुप डेल्टा विश्व भर तीब्र रुपमा फैलिरहेको दाबी गरेको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको नयाँ स्वरुप डेल्टा विश्व भर तीब्र रुपमा फैलिरहेको दाबी गरेको छ। डब्ल्यूएचओका अनुसार डेल्टा विश्वका १०४ देशमा फैलिसकेको छ। यो विश्वभर नै हावी हुनसक्ने डब्ल्यूएचओको अनुमान छ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गहब्रहयससले पछिल्लो चौथो हप्तामा यो भेरिएन्ट विश्वभर तीब्र रुपमा फैलिरहेको बताएका छन्। 

पछिल्ला १० हप्ता यता कोरोना संक्रमण विश्वमै घटिरहेको थियो। तर, डेल्टा भेरिएन्ट फेरि पछिल्लो चार हप्ता यता तीब्र रुपमा फैलिरहेको हो। टेड्रोस एड्हानोमले उक्त संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। डेल्टा भेरिएन्ट अधिक संक्रामक भएकाले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।

जुन देशमा खोप अभाव छ त्यो देशमा यो भेरिएन्ट झनै तीब्र रुपमा फैलिने चिन्ता व्यक्त गरिएको छ। अमेरिकाको ब्राउन यूनिभर्सीटीका स्कुल अफ पब्लिक हेल्थका डीन डा. आशिष झाले खोप नलगाएको क्षेत्रमा यसको संक्रमण तीब्र रुपमा फैलिरहेको बताएका छन्। 

अस्ट्रेलिया, इजराइल र लक्षिण अफ्रिकामा डेल्टा भेरिएन्ट तीब्र रुपमा फैलिरहेको छ। यदि मानिसमा दोस्रो पटक संक्रमण हुने क्रम बढे त्यो निकै खतरापूर्ण हुने डब्ल्यूएचओको चिन्ता छ। एजेन्सी

प्रकाशित: Jul 14, 2021| 01:05 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।