हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
खोप नलगाएकै कारण यतिबेला उनी लकडाउनमा छिन्। उनीजस्तै लगभग २० लाख नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। यतिबेला अस्ट्रिया सरकारले 'खोप नलगाएकाहरु माथि मात्र लकडाउन' गरेको छ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिन खोजिएपनि शाहीले असन्तुष्टि जनाएका थिए। शाहीको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई कृषिको जिम्मेवारी दिएका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगसहित संवैधानिक आयोगका ३९ पदाधिकारीले सर्वोच्च अदालतमा उत्पन्न विवाद समाधानका लागि बार र बेन्च दुवैलाई लचिलो बन्न अपिल गरेका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो। तर त्यसबेलाको...
बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो।