बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनबारे बार र बेन्चबीच संवाद

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनबारे बार र बेन्चबीच संवाद

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ।

बार एशोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो। छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटमलाइन रहेको छलफलका क्रममा राखेको उनले बताइन्। 

उनले भनिन्, ‘माननीय न्यायाधीशहरु पनि सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अत्यन्त चिन्तित हुनुहुन्छ। र उहाँहरुले पनि प्रधानन्यायाधीशको ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन) को बाटो खोजिरहेको भनेर हामीलाई बताउनुभयो। हामीले त्यहाँ निकै संवेदनशील ढंगले हाम्रा विषयहरु, हाम्रो बटमलाइन उहाँहरुसँग राखेका छौँ र हामी न्यायपालिकाको समग्र सुधारको विषयमा भएको हुनाले प्रधानन्यायाधीशको राजिनामा हाम्रो बटम लाइन हो भन्‍ने कुरा पनि हामीले राखेका छौँ।’

उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनै पनि सम्झौता नहुने जनाएका छन्। न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ। 

उनले थपिन्, ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन बञ्‍चित हुनुपरेको छ। यसबारेमा उहाँ अत्यन्त चिन्तित हुनुहुन्छ। दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ। जे–जस्तो सुधार हो त्यसको लागि हामी पनि पहल गर्छौं, हाम्रो पनि योगदान रहन्छ भनेर भन्‍नुभएको छ।’

नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले जानकारी दिइन्। 

 

प्रकाशित: Nov 16, 2021| 17:18 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।