बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली : कानुनमा असन्तुष्टि जनाएपछि शाहीलाई कृषि मन्त्रालयको जिम्मेवारी

कर्णाली : कानुनमा असन्तुष्टि जनाएपछि शाहीलाई कृषि मन्त्रालयको जिम्मेवारी

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिन खोजिएपनि शाहीले असन्तुष्टि जनाएका थिए। शाहीको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई कृषिको जिम्मेवारी दिएका हुन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

सुर्खेत- नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिन खोजिएपनि शाहीले असन्तुष्टि जनाएका थिए। शाहीको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई कृषिको जिम्मेवारी दिएका हुन्।

नवनियुक्त मन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि सत्ता गठबन्धनको सहमतिअनुसार जीवनबहादुर मुख्यमन्त्री बनेका हुन्। जीवनबहादुर मुख्यमन्त्री भएको १५ दिनपछि चन्द्रबहादुरले मन्त्रालयको जिम्मेवारी पाएका हुन्। 

प्रकाशित: Nov 16, 2021| 19:29 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।