बुधबार, भदौ ३, २०८३

इन्द्रेश्वरीमा 'भूकम्प शिक्षा कार्यक्रम'

इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार 'विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम' सम्पन्न भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

सिन्धुपाल्चोक- इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार 'विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम' सम्पन्न भएको छ। भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित 'विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम' अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिए।

कार्यक्रमका प्रशिक्षक भूकम्प विज्ञ शिव सुवेदीले पश्चिम नेपालमुनि जम्मा भएको शक्तिको कारणले आठ रेक्टरभन्दा ठूलो भूकम्प जति बेला पनि जान सक्छ भन्ने तथ्य धेरै अनुसन्धानले देखाएको बताउँदै भूकम्प प्राकृतिक विपत्ति भएकाले रोकथाम सम्भव नहुने हुँदा यसको असर कम गर्न सक्ने आधार पूर्व तयारी भएको बताए।

मेलम्ची नगरपालिकाको सहयोगमा इन्द्रेश्वरी माविमा सिस्मोमिटर राखिएको निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले जानकारी दिए। सिस्मोमिटर राख्दा विद्यार्थी तथा समुदायमा भूकम्प नाप्ने यन्त्र कस्तो हुन्छ, कसरी नाप्छ, भूकम्प किन जान्छ, भूकम्प जाँदा कुन-कुन तरङ्गले कसरी हाम्रा संरचनामा क्षति पुर्‍याउँछ भन्ने अध्ययन गर्न सकिने श्रेष्ठले जानकारी दिए।

'विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम' अन्तर्गत नेपालका २२ स्कुलमा भूकम्प मापक यन्त्र जडान गरिसकिएको विज्ञ शिव सुवेदीले जानकारी दिनुका साथै शैक्षिक कार्यक्रम गर्ने, यन्त्र जडान गर्ने तथा अन्य प्राविधिक सहयोग गर्ने पनि सुवेदीले जनकारी दिए। -रासस

प्रकाशित: Nov 16, 2021| 07:21 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।