आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

निर्यातजन्य कृषि वस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा मंगलबार सरोकारवालहरूसँग छलफल गरिएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

झापा- निर्यातजन्य कृषि वस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा मंगलबार सरोकारवालहरूसँग छलफल गरिएको छ। अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र राजस्वमा विशेष छुट हुनुपर्ने नेपाल अलैँची व्यवसायी महासंघका उपाध्यक्ष इन्द्रचन्द विन्दलले बताए। 

नेपाल पहाडी चिया उत्पादक संघका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक संघका अध्यक्ष उक्तम श्रेष्ठले चिया तथा अलैँची क्षेत्रका समग्र समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए। उनीहरूले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालमार्फत सरकारलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन्।

कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला-बेला भारतले विभिन्न बहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने बताए।

अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा संघीयता आएसँगै दोहोरो-तेहेरो करले उद्यमी-व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्ने र त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

समितिका अध्यक्ष दाहालले उद्यमी-व्यवसायीले राखेका सुझावलाई सकारात्मक रूपमा लिँदै चिया, अलैँचीलगायत कृषि वस्तुमा कर एवं राजस्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।   -रासस

प्रकाशित: Nov 16, 2021| 06:59 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।