बुधबार, भदौ ३, २०८३

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा खडक नगरपालिका-६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन्। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो। गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्र्याक्टरको ठक्करबाट खडक नगरपालिका-९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका-९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका-६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन्।

घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 16, 2021| 06:36 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।