बुधबार, भदौ ३, २०८३

मुस्ताङ हिमपहिरो ६७ वर्षयताकै ठूलो, कति स्वाभाविक?

यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो। तर त्यसबेलाको र अहिलेकोमा के फरक छ भने त्यसबेला ठूलो हिमपात भएको थियो। अहिले भने ताजा हिमपातबाट होइन एक/डेढ महिनाअघिको हिमपातबाट हिमपहिरो गयो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- मुस्ताङमा आइतबार बिहान करिब ९ बजेदेखि सामान्य रुपमा आवाजसहित आएको हिम पहिरोले पौने १२ बजे भयंकर रुप लियो। सामान्यतया टुकुचे पिक भनिने भए पनि थासाङ गाउँपालिका– २ देखि माथिरहेको मानापाथी हिमालको फेदबाट पहिरो झरेको थियो।

कोबाङ, लार्जुङ, नाउरीकोट, बोक्सीखोला क्षेत्रभन्दा माथिपट्टी पर्ने सो क्षेत्रमा पहिरो जाँदा त्यस क्षेत्रका स्थानीयको भागाभाग भएको थियो। पहिरोले निकै ठूलो आवाजसहित झर्दा स्थानीयमा निकै त्रास देखिएको थियो।

थासाङ गाउँपालिका– २ कोवाङका मिर मुखिया ज्वार भट्टचनले मानापाथीको फेद बुलखर्कबाट पहिरो झरेको बताए। उनले भने, ‘अहिले ८२ वर्षको भएँ, यसभन्दा पहिला विसं २०११ सालमा पनि यस्तै ठूलो पहिरो गएको थियो। त्योबेला तीन गोठ चौंरी र तीन जना मान्छे मरेका थिए।’ हिमालमा पहिरो त हरेक वर्ष आउँछ तर यस वर्षजस्तो डरलाग्दो पहिरो २०११ पछि मलाइ याद छैन।’ 

उनका अनुसार यो हिमपहिरो ६७ वर्षपछिकै ठूलो हो। उनले गाउँको अवस्था सामान्य रहेको भएपनि पुनः पहिरो झर्न सक्ने त्रास स्थानीयमा कायमै रहेकोसमेत बताएका छन्।

यता थासङ गाउँपालिका– २ का वडाध्यक्ष नरप्रसाद हिराचनले २०३१ सालतिर अलिक ठूलो पहिरो गएको स्मरण गर्दै यस्तो ठूलो नभएको बताए। ६० वर्षीय उनले भने, ‘जनता डराइ रहेका छन्, ढुक्क हुने अवस्था छैन तर अहिले तलबाट हेर्दा सामान्य देखिए पनि जोखिम सकिएको छैन।’

‍कति स्वभाविक?

हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले आइतबारको हिमपहिरोलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। उनले भने, 'यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो। तर त्यसबेलाको र अहिलेकोमा के फरक छ भने त्यसबेला ठूलो हिमपात भएको थियो। अहिले भने ताजा हिमपातबाट होइन एक/डेढ महिनाअघिको हिमपातबाट हिमपहिरो गयो।'

कायस्थका अनुसार एक/डेढ महिनाअघि हिमपात हुँदा ठूलो मात्रामा जमेर बसेको हिउँ अहिले तापक्रम बढेपछि पग्लिन थालेको र त्यो हिउँको ठूलो थुप्रोको भित्र पसेर पानीका रूपमा बग्दा अहिलेको अवस्था आएको हो।

उनले अहिलेको अवस्था हेर्दा उक्त हिमपहिरो जलवायु परिवर्तनकै असरका कारण गएको जस्तो नदेखिएको बताए। उनले थपे,  'अहिलेको सामान्य नै भन्नुपर्छ। यस्ता हिमपहिरो धेरै गइरहेका हुन्छन्। तर बस्ती नहुने भएकाले त्यति खबरमा आउँदैनन्।'

प्रकाशित: Nov 16, 2021| 05:10 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।