बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा ३७७ संक्रमित थपिँदा १७० संक्रमणमुक्त, ४ जनाको मृत्यु

२४ घण्टामा ३७७ संक्रमित थपिँदा १७० संक्रमणमुक्त, ४ जनाको मृत्यु

मन्त्रालयका अनुसार थप १७० जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको विवरण अनुसार ९ हजार १४९ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण भएको पुष्टि भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४८२ पुगेको छ। 

मन्त्रालयका अनुसार थप १७० जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। 

हाल मुलुकभर ७ हजार ४७६ सक्रिय संक्रमित छन्।

प्रकाशित: Nov 16, 2021| 17:43 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।