काठमाडौं– गोलाप्रथा प्रणालीबाट पेसी तोक्न सुरु गरिए आफूहरु इजलास फर्किन सक्ने सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले बताएका छन्। आज मंगलबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा सहभागी सर्वोच्चका १३ जना न्यायाधीशले यस्तो बताएका हुन्।
उनीहरुले अटोमेसन लागू भएमा आन्दोलनसँगै सुनुवाइमा पनि जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन्। अदालतमा सेवाग्राहीले सेवा पाउन नसकेको प्रति गम्भीर बन्नुपर्नेमा भन्दै उनीहरुले जनतालाई न्यूनतम क्षति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको एजेण्डाबाट भने पछि नहट्ने आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ। यस्तै, राणासँगको संयुक्त इजलासमा पनि नबस्ने उनीहरुको अडान छ। न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन्।