शुक्रबार, असार ५, २०८३

समाज

दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

जङ्गलमा एक महिलाको शव फेला

पुथाउत्तरगङ्गा गाउँपालिका-११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

सवारी चालक अनुमतिपत्र पाउन सास्ती

यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन। स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन्। यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

आजदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्रीमा रोक

काठमाडौं उपत्यकाका तीनै जिल्लामा आज रातिदेखि मदिन बिक्रीमा रोक लगाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा आज राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

आज रातिदेखि सीमा नाका ७२ घण्टाका बन्द रहने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

कांग्रेसबाट उपमेयरकी प्रत्यासी कुर्मीको निधन

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवार शुभावती कुर्मीको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

माओवादी-एमाले कार्यकर्ताबीच झडप हुँदा हराएकी महिलाको शव फेला

गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढा नौ दिनदेखि हराइरहेकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा हुने

सुदूरपश्चिम, कर्णाली र काठमाडौंसहित गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

मतदानको दिन सार्वजनिक बिदा

सरकारले वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। सो दिन स्थानीय तह निर्वाचन हुने भएकाले बिदा दिइएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा

प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

इच्छाराज तामाङले ऋण नतिरेपछि सीटीसी मल लिलामीमा बिक्री गर्दै सञ्चय कोष

व्यवसायी तामाङसहितका व्यक्तिको सेयर स्वामित्व रहेको सिभिल इस्टेट्स प्रालिले कोषको ठूलो रकम नतिरेपछि सीटीसी मल लिलामीका लागि सूचना निकालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

उपचारका लागि सहयोग खोज्दै कवि–पत्रकार राजेन्द्र तारकिणी

हाँडे रोगका कारण श्रवण शक्ति गुमाएका कवि राजेन्द्र गुमेको श्रवण क्षमता र आवाज फर्काउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यस वर्ष पनि खानेपानीको समस्या सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएका छन्। सोही समयमा ३२ सय ७ जना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : नेपाल बार

बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९