काठमाडौं- काठमाण्डौको कलंकीमा भएको सवारी दुर्घटना एक जनाको ज्यान गएको छ।
बुधबार बिहान ३ बजे बा५ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा८०प ६३७३ नम्बरको मोटरसाइकलका चालकको ज्यान गएको हो। ज्यान गुमाउनेमा धादिङका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।