शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कलंकी चोकमा बुधबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– कलंकी चोकमा बुधबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

National life

कालिमाटी प्रहरी वृत्तका अनुसार बिहान करिब ३ बजेतिर कलंकीमा थानकोटबाट स्वयम्भूतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

टिपर चालक लीलाबहादुर तामाङसहित दुर्घटनामा परेका दुवै सवारीसाधन कालीमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 11, 2022| 10:40 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।