सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गर्दै सर्वोच्च नेता आयतोल्लाह सय्यद मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा इरानको आर्थिक तथा सैन्य अवस्थाबारे विस्तृत छलफल भएको छ। नेताहरूबीच जनताको जीविकोपार्जनसँग जोडिएका आवश्यकता, इरानविरुद्ध जारी अमेरिकी-इजरायली युद्धको अवस्था तथा आगामी सम्भावना, सैन्य गतिविधिमा भएका पछिल्ला घटनाक्रम र मुलुकको आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको इरानको प्रेस टिभीले उल्लेख गरेको छ।

अमेरिकाले इरानविरुद्धको युद्धमा घोषित लक्ष्य हासिल गर्न नसकेको दाबी भइरहेका बेला दुई मुलुकबीच थप तनाव बढ्न सक्ने सम्भावनाका बीच यो भेटवार्ता भएको हो।

केहि समय अघि राष्ट्रपति पेजेस्कियान सर्वोच्च नेता मोज्तबालाई आफुले पनि भेट्न नसकेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए।  

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध दोस्रो चरणको सैन्य कारबाही सुरु गरेका थिए। उक्त क्रममा इस्लामिक क्रान्तिका तत्कालीन नेता आयतोल्लाह सय्यद अली खामेनीसहित इरानका उच्च सैन्य कमान्डर तथा सरकारी अधिकारीहरूको हत्या गरिएको थियो।

मसुद पेजेस्कियान सन् २०२४ जुलाई ५ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजयी भएका थिए। जुलाई ६ मा उनको विजय औपचारिक रूपमा घोषणा गरिएको थियो। त्यसपछि जुलाई २८ मा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह सय्यद अली खामेनीले उनलाई राष्ट्रपतिका रूपमा औपचारिक नियुक्ति दिएका थिए। जुलाई ३० मा उनले इरानी संसद्सामु राष्ट्रपतिको शपथ लिएका थिए।

पेजेस्कियानको निर्वाचन तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको केही महिनापछि भएको थियो।

प्रकाशित: Aug 10, 2026| 09:12 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्