शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा तीन मौसमी प्रणाली सक्रिय, आज पनि वर्षाको सम्भावना

नेपालमा तीन मौसमी प्रणाली सक्रिय, आज पनि वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। ‘असानी’को प्रभाव नेपालको मौसमी प्रणालीमा परिरहेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। ‘असानी’को प्रभाव नेपालको मौसमी प्रणालीमा परिरहेको छ। 

National life

आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश-१ का एकदुई स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहने जनाएको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

Shivam cement

प्रकाशित: May 11, 2022| 06:21 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।