सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौन अवधिमा खोटाङमा माओवादी केन्द्रका कार्यकर्ता कुटिए

मौन अवधिमा खोटाङमा माओवादी केन्द्रका कार्यकर्ता कुटिए

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ। आफ्ना स्थानीय नेता पदम राईमाथि कुटपिट भएको माओवादी केन्द्रले जनाएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

खोटाङ- खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ। आफ्ना स्थानीय नेता पदम राईमाथि कुटपिट भएको माओवादी केन्द्रले जनाएको छ।

मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले पदममाथि कुटपिट गरेको माओवादीको आरोप छ। पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन्। 

सात जनाको समूहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए। उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ। 

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन्।

प्रकाशित: May 12, 2022| 06:25 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।