शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार आरोपमा माओवादी कार्यकर्ता पक्राउ

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार आरोपमा माओवादी कार्यकर्ता पक्राउ

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

रोल्पा- रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा गंगादेब गाउँपालिका वडा नम्बर ५ सिमखोलाका २४ वर्षीय प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। बाटो ढुकेर कांग्रेस कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनलाई सल्यानको बागचौरबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। घटनालगत्तै उनी फरार थिए। उनी रोशन ग्यारेजमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

वैशाख २६ गते बेलुकी गंगादेब गाउँपालिका वडा नम्बर ५ कुइन्यौंटा डाँडोमा चुनाव प्रचारप्रसार गरी फर्कंदै गरेका तरूण दलका कार्यकर्तामाथि माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।

आक्रमणबाट तरण दलका कार्यकर्ता ३० वर्षका मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका थिए।

Shivam cement

प्रकाशित: May 11, 2022| 08:56 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।