सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिलाको अपहरण गरी हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

महिलाको अपहरण गरी हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

महिलाको अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– महिलाको अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।

यही वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई उनीहरुले अपहरण गरेर लगेको आरोप छ। अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा शव फेला पारेको छ। कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको पुथा उत्तरगंगामा माओवादी केन्द्रसँग पटकपटक विवाद र दुई समूहबीच झडपसमेत हुँदै आएको छ।

शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 11, 2022| 10:26 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।