शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मतदान गर्न अनिवार्य छैन मतदाता परिचयपत्र, परिचय खुल्ने कागजात भए पुग्छ'

'मतदान गर्न अनिवार्य छैन मतदाता परिचयपत्र, परिचय खुल्ने कागजात भए पुग्छ'

परिचय खुल्ने गरी सरकारी निकायबाट जारी भएको कागजात भए मतदानमा सहभागी हुन नरोक्न आयोगले सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नभएको जानकारी दिएको छ। परिचय खुल्ने गरी सरकारी निकायबाट जारी भएको कागजात भए मतदानमा सहभागी हुन नरोक्न आयोगले सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिँदै यस्तो जानकारी दिएको हो। 

'आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ,' आयोले जारी गरेको निर्देशनमा उल्लेख छ। 

यही वैशाख ३० गते शुक्रबारका बिहान ७ बजे स्थानीय निर्वाचनका लागि मतदान सुरु  हुँदैछ। प्रत्येक व्यक्तिले बढीमा ७ पदका लागि उम्मेदवार छान्न पाउछन्। मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य वडा सदस्य, दलित महिला वडा सदस्य र खुलातर्फ दुई जना वडा सदस्यलाई मतदान दिन सकिने छ। 

प्रकाशित: May 11, 2022| 20:19 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।