काठमाडौं- स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ।
विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाताहरू निर्वाचनमा भाग लिन गाउँ फर्किन थालेका छन्।
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा मात्र आठ हजार सात सय ८८ वटा सवारीसाधनबाट ५० हजार नौ सय जनाले उपत्यका छोडेका छन्। काठमाडौंबाट बाहिरिने नागढुंगा, फर्पिङलगायतका नाकाबाट ठूलो संख्यामा यात्रुहरू बाहिरिरहेका छन्।
काठमाडौंबाट मतदानका लागि जाने यात्रुहरू बसको प्रतिक्षमा कोटेश्वर, कलंकीलगायत क्षेत्रमा ठूलो संख्यामा कुरिरहेको देखिन्छन्।







